पोखरा, १० फागुन । असोज अन्तिम सातादेखि रोकिएको गण्डकी प्रदेशसभाको अधिवेशन २६ फागुनदेखि चल्ने भएको छ ।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २६ फागुनमा अधिवेशन आह्वान गरिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

२९ जेठपछि संविधानको कार्यान्वयन स्वरुप नयाँ सरकार गठन भएको थियो । नयाँ सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।सोही बजेट अहिले कार्यान्वयनमा छ ।

हिउँदे अधिवेशनमा बढी विधेयकमाथि छलफल हुन्छ । सरकारले अधिकतम् विधेयक प्रदेशसभामा लैजाने र पारित गर्ने तयारी गरेको छ ।