काठमाडौं, १० फागुन । काठमाडौंको बलम्बुमा १४ वर्षीय एक किशोर मृत भेटिएका छन् ।

स्थानीय खोलामा उनको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

शिक्षण अस्पतालबाट फोरेन्सिक विज्ञसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको टोली घटनास्थल पुगेको छ ।

घटनाबारे थप केही नखुलेको प्रहरीले जनाएको छ ।