चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

काठमाडौं, १० फागुन । काठमाडौंको मध्यबानेश्वर क्षेत्रबाट प्रहरीले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


