धनुषाको मुखियापट्टीमा करिब ७ करोडको लागतमा भ्युटावर बनाईँदै

जनकपुरधाम, ९ फागुन । मधेस प्रदेशको भौतिक पुर्वधार विकास मन्त्रालयले धनुषाको मुखियापट्टीमा भ्युटावर बनाउन लागेको छ ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–२ स्थित बेलही टोलमा उक्त भ्युटावर बनाउन लागिएको हो ।
भ्युटावरको उचाई ९० फिट रहने मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त भ्युटावर ३ वर्ष भित्र बनाउने लक्ष्य राखेको भौतिक पुर्वधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए ।
मन्त्री यादवले मुलुककै सबैभन्दा होंचो ठाउँमा भ्युटावर बनेपछि पिकनिक स्पोटको रूपमा स्थापित हुने बताए । सोही ठाउँमा रहेको एक पोखरीको सौन्दर्यीकरण गरि त्यसमा नाउ चलाउने व्यवस्थापन समेत गरिने मन्त्री यादवले जानकारी दिए ।
सो ठाउँमा बास स्थानको समेत व्यवस्था रहने छ । भ्युटावर र पिकनिक स्पोटको क्षेत्रफल करिब १४ कठ्ठा रहने बताइएको छ । भ्युटावर निर्माण गर्न करिब ७ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


