पर्सा, ९ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एमसीसी संसदमा धेरै समय नरोकिने बताएका छन् ।

सोमबार वीरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृदयरोग उपचार भवन (क्याथ ल्याब), आकस्मिक भवन र कोभिड–१९ उपचार भवनको शिलान्यास गर्दै मन्त्री खतिवडाले एमसीसीमा संसदको बहुमतले जे निर्णय दिन्छ त्यही स्वीकार हुने बताए ।

संसद बैठकमा पेश भइसकेपछि छलफल हुने र छिटै पास÷फेलको टुंगो लाग्ने उनले बताए । मन्त्री खतिवडाले एमसीसी सम्झौताका विषयमा राजनीतिक दल र सर्वसाधारणमा फरक फरक मत हुनु स्वाभाविक भएको बताए ।

सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि आइतबार संसद बैठकमा पेश गरेको थियो । तर, एमसीसी संसदमा पेश हुँदा प्रमुख विपक्षी दलले रोष्ट्रममा नाराबाजी गरिरहेको थियो भने सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका कतिपय सांसदले विरोध जनाएका थिए ।