पौडेल र यादवबिच भेटवार्ता

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन् ।
वरिष्ठ नेता पौडेलले सोमबार जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर एमसीसी सम्झौताको विषयमा अध्यक्ष यादवसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले एमसीसीको समस्या जटिल रूपमा आएको भन्दै भेटवार्ताको क्रममा एमसीसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गरे ।
एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उनको भनाइ छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसीबारे निर्णय लिने बताएको उनले जानकारी दिए ।
एमसीसी सम्झौताको विषय अब सडकबाट नभई संसदमा छलफल हुने नेता पौडेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


