काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन हुने बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

महतले एमसीसीको सन्दर्भमा झुठको पर्दाफास भएको र सदनमा पास हुने बताए ।

उनले भने, ‘सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को बोल्दैन ।’

महतले राजनीतिक स्वार्थका आधारमा एमसीसीको गलत प्रचार गरिएको दाबी पनि गरे ।

कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसिसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताए ।