आ–आफ्नो क्षेत्रका कामअघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन

काठमाडौं, ९ फागुन । नेकपा एमालेका केन्द्रीय विभागका प्रमुखहरूको बैठक बसेको छ ।
सोमबार बसेको बैठकमा सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ–आफ्नो क्षेत्रका कामअघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेको एमालेले जनाएको छ । ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति आजको बैठकमा थियो ।
बैठकले विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


