राजाराम बर्ताैलाले दिए राजीनामा

काठमाडौं, ९ फागुन । राजाराम बर्ताैलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका छन् ।
कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्ताैलाले पनि राप्रपा छाडेका हुन् ।
पार्टीको महाधिवेशनपश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


