त्रि–जुद्ध उच्च माविमा भवन तथा खेलकुद मैदान निमार्णको शिलान्यास

पर्सा, ९ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित त्रि–जुद्ध उच्च माविमा चार कोठे भवन तथा खेलकुद मैदान निमार्णको शिलान्यास गरेका छन् ।
मधेस प्रदेश सरकारले घोषणा गरेको एक जिल्ला एक नमुना विद्यालय अन्तर्गत पर्सा जिल्लाको पुरानो तथा ऐतिहासिक त्रि–जुद्ध उच्च मावि वीरगञ्ज छनोट भएको हो ।
प्रदेश सरकारबाट निणर्य भएको वीरगञ्ज प्राविधिक विश्वविद्यालय त्रि–जुद्ध विद्यालयमै स्थापना गरी कार्यालय लगायतका अन्य कार्यक्रमहरु सञ्चालन गरिने मुख्यमन्त्री राउतले बताए ।
प्रथम चरणमा ८÷१० करोड बजेट विनियोजन गरी प्राविधिक विश्वविद्यालयको कार्यक्रमहरु यसै बर्षदेखी सञ्चालन हुने उनले जानकारी दिए ।
कार्यक्रममा वीरगञ्ज शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्ण, वडा नम्बर–४ का वडाध्यक्ष जगत साह कानु, प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, प्राध्यापक विजय यादव लगायतका उपस्थिती रहेको थियो ।
नमूना विद्यालयको निमार्ण कार्य तथा प्राविधिक रेखदेख सामाजिक विकास मन्त्रालय, सामाजिक विकास इकाई वीरगञ्जबाट हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


