महोत्तरी, ९ फागुन । महोत्तरीमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्नीको हत्या गरेको आरोपमा भारतको सीतामढी ग्राम पञ्चायत भासर मघहा–७ अनारवन गाउँका ३७ वर्षीय अजय महतो कोइरी र सर्लाही मलंगवा नगरपालिका–९ का ३४ वर्षीय प्रमोद राउतलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि भारत सीतामढी भैरबकोठी, मेहसौल टोल घर भएकी राधा भन्ने अफ्सना खातुनको हत्या गरेको आरोप रहेको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

खातुनको शव फागुन ४ गते महोत्तरी गौशाला नगरपालिका–१२ कान्तिबजारस्थित सागरनाथ वन विकास परियोजनाको जंगलभित्र फेला परेको थियो । मृतक अन्दाजी २७ वर्षीया महिला गर्भवती थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।