काठमाडौं, ८ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तराई मधेस लोकतान्त्रिक पार्टीले दल दर्ता गराएको छ ।

आगामी स्थानीय तह निर्वाचनको प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ४८ बमोजिम आयोगमा दल दर्ता गरेको तमलोपाका संयोजक रविशंकर कुमार कर्णले बताए ।

निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि फागुन ५ गतेदेखि दल दर्ता गर्न आह्वान गरेको थियो ।

आयोगले जारी गरेको सूचना अनुसार फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।

निर्वाचन आयोगमा हालसम्म १०६ वटा दल दर्ता भएका छन् ।