एमसीसी अब पारित हुने प्रधानमन्त्री देउवाको दाबी

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब पारित हुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्नै उनले अब एमसीसी पारित हुने बताएका हुन् ।
प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए ।जवाफमा उनले भने, ‘अब पास हुन्छ ।’
प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


