जनकपुरधाम, ८ फागुन । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको मधेस प्रदेश संयोजकमा मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीलाई मनोनित गरिएको छ ।

फागुन ५ गते बसेको संघको पदाधिकारी बैठकको निर्णय अनुसार चौधरीलाई मधेस प्रदेश संयोजक पदमा मनोनित गरिएको हो ।

संघका सभापति तिर्थबहादुर थापाद्धारा हस्ताक्षरित मनोनयन पत्रमा चौधरीलाई संघको निति र आदर्शमा रहि जिम्मेवारी निर्वाह गर्न आग्रह गरिएको छ ।