काठमाडौं, ८ फागुन । एमसीसीका कारण काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

एमसीसीको विरोधमा प्रदर्शनकारीहरु नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका छन् । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘देश बेच्न पाइँदैन, एमसिसी पास गर्न पाइँदैन’ लगायतका नाराहरू प्रदर्शनकारीले लगाइरहेका छन् ।

प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेका हुन् । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।

बानेश्वर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सत्ता गठबन्धनका नेताहरू सहमत भएसँगै एमसीसी सम्झौता टेबल हुन लागेको हो ।