काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा ‘एमसीसी स्वाहा’ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली लगायत सहभागी थिए ।

एमसीसीको विरोध जनाउन पूजा मण्डप जस्तो बनाएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ गरेका छन् ।