काठमाडौं, ८ फागुन । सरकारका प्रवक्ता समेत सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे अब नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् ।

आइतबार भएको छलफलमा सतारुढ दलका शीर्ष नेताबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको छ ।

आइतबार नै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको जानकारी दिँदै मन्त्री कार्कीले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी परियोजना संसदमा दर्ता गराएको हो । सरकारको अविच्छिन्न उत्तराधिकारीको रुपमा आज हामीले संसदमा टेबल दर्ता गराउँछौं । यसपछि प्रमुख प्रतिपक्षले त्यसको जवाफ दिनुपर्छ ।’