सीमामा देखिएका समस्या समाधान गर्न अध्यक्ष दत्तको निर्देशन

जनकपुरधाम, ७ फागुन । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेस प्रदेशको सिरहा र सप्तरीमा रहेको ठाडी–लौकाहा, बेल्ही–लौकाहा, बेल्ही–लक्ष्मीपुर, रामनगर–कोदरकट्टीमा रहेको नेपाल–भारत सीमा को निरीक्षण गरेका छन् ।
आयोगमा सीमासम्बन्धी विभिन्न प्रकारको उजुरी आएपछि अध्यक्ष डा.दत्त स्वयं सो सीमाहरूमा पुगी स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तलाई सशस्त्र प्रहरी बलका बीओपी कमान्डरहरूले त्यहाँ रहेका समस्या र अवस्थाहरू बारे जानकारी गराएका थिए ।
निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तले लागूपदार्थहरू को ओसार–पसार, आपराधिक क्रियाकलापहरू हुन् नदिन निर्देशन दिएका थिए ।अध्यक्ष डा.दत्तले सीमा सँग जोडिएको क्षेत्रहरूमा विभिन्न रणनीति बनाएर सुरक्षामा कमी–कमजोरी आउन नदिन तथा जनताको समस्या लाई प्राथमिकता मा राखेर समाधान गर्न समेत स्थानीय प्रहरीलाई निर्देशन दिएका थिए ।
बोर्डर अनुगमन पश्चात् अध्यक्ष डा.दत्तले विभिन्न ग्रामीण क्षेत्रहरूमा पुगेर जनता सँग स्थानीय समस्या बारे जानकारी समेत लिएको डा.दत्तको सचिवालयले जनाएको छ । सो क्रममा शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अत्यधिक समस्या रहेको त्यहाँका स्थानीय बासिन्दाहरूले बताएका थिए ।
–रातोपाटी
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


