ज्येष्ठ नागरिकको सम्मानमा प्रदेश सरकार प्रतिबद्व छ : मन्त्री सिंह

जनकपुरधाम, ७ फागुन । मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र कुमार सिंहले ज्येष्ठ नागरिकहरुको सम्मानमा प्रदेश सरकार प्रतिबद्व रहेको बताएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले सम्मानका लागि ज्येष्ठ नागरिकहरुको नाम माग्दा समेत विभिन्न संघ संगठनहरुले नाम दिन नसकेको गुनासो गरे ।
उनले प्रदेशका आठवटै जिल्लाबाट दश÷दश जनाको नाम माग्दा समेत उपलब्ध नभएको बताए । प्रदेश सरकारले प्रत्येक आर्थिक वर्षमा हरेक पालिकाबाट दुई पटक ज्येष्ठ नागरिकलाई सम्मान गर्ने योजना रहेको उनले सुनाए ।
कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुले आफूहरुलाई छनोट प्रक्रियामा विभेद हुने गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


