जनकपुरधाम, ७ फागुन । महोत्तरीको पिपरा गाउँपालिकाकी उपाध्यक्ष ननुकुमारी दास नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

शनिबार पिपरामा आयोजित अखिल नेपाल महिला संघ महोत्तरीको नगर सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष दासको अगुवाईमा तीन सय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पूर्वमन्त्री समेत रहेकी एमाले पोलिटब्युरो सदस्य जुली महतो र पिपरा गाउँपालिकाका अध्यक्ष बिक्रम चौधरीले टिका लगाए स्वागत गरेका थिए । उपाध्यक्ष दास यसअघि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा थिइन् ।

सम्मेलनबाट दासको अध्यक्षतामा अलिख नेपाल महिला संघ पिपरा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सिमा महरा, सचिवमा सुवती दास, सहसचिवमा रञ्जिता दास र कोषाध्यक्षमा अम्बिका देवी झा चयन भएकी छन् ।

कार्यक्रममा नेतृ महतोले केपी शर्मा ओली बलियो रहेको प्रमाण प्रधानमन्त्रीको गतिविधीले नै स्पष्ट भएको बताइन् । नेतृ महतोले ओली बिनाको देश र राजनिति असम्भव रहेको जिकिर समेत गरिन् ।