निर्वाचन आयोगमा साझा पार्टी दर्ता

काठमाडौं, ७ फागुन । निर्वाचन आयोगमा साझा पार्टी दर्ता भएको छ । अध्यक्ष प्रभास बस्नेत रहने गरी नयाँ दल दर्ता भएको हो ।
कुनै बेला रवीन्द्र मिश्रको नेतृत्वमा ‘साझा पार्टी’ दर्ता भएको थियो । सो पार्टीले ‘विवेकशील दल’सँग एकता गरेपछि ‘विवेकशील साझा’ बनेको थियो ।
नयाँ दर्ता भएको दलले पार्टीको चुनाव चिह्न ‘पैताला’ पैताला पाएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
बस्नेत विवेकशील साझा पार्टीबाट हालै कारबाहीमा परेका संयोजक मिलन पाण्डे समूह निकटले बनाएको वैकल्पिक युवा अभियानको केन्द्रीय सदस्य हुन् ।
पार्टी दर्ताको प्रमाणपत्र दिन आयोगले साझा पार्टीका पदाधिकारीलाई आइतबार कार्यालयमा बोलाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


