वर्तमान सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको ओलीको दाबी

काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको दाबी गरेका छन् ।
अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बताएका हुन् ।
शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरूलाई आगामी निर्वाचनमा पानीमुनि गए पनि आफ्नो पार्टीले नछाड्ने चेतावनी दिए ।
अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरूलाई एमालेमै फर्कन आह्वान गरे । प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकालाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ ।
अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दुरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढन आफ्नो पार्टी सक्षम रहेको दाबीसमेत गरे । उनले निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।
ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप समेत लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


