पोखरा, ७ फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधि र राजनीतिकर्मी मतदाता र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

पोखरामा शनिबार आयोजित कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी अन्तर्क्रिरयाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमको आयोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो । यसलाई विश्व स्वास्थ्य संगठनले पनि सहयोग गरेको थियो ।

अन्तर्क्रिरयामा अध्यक्ष तिमिल्सिनाले कोभिडसम्बन्धी विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा सातवटै प्रदेशका सभामुख र उपसभामुख, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संभाजिराव पाण्डवलगायतको उपस्थिति थियो ।