भन्सार छली गरेर भारत लग्दै गरेको कवाड नियन्त्रणमा

महोत्तरी, ७ फागुन । महोत्तरी प्रहरीले भन्सार छली गरेर भारत लग्दै गरेको कवाड नियन्त्रणमा लिएको छ ।
प्रहरीले जलेश्वर नगरपालिका वडा नम्बर–५ स्थित नेपाल भारत सिमाक्षेत्रबाट नेपालबाट भारततर्फ ट्याक्टरमा लोड गरी भन्सार छली चोरी निकासी गर्न लागेको कवाडी सामानहरु बरामद गरेको हो । ट्याक्टर सहित कवाडी ४ लाख १० हजार बराबरको रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
त्यस्तै मटिहानी नगरपालिका वडा नम्बर–८ बाट भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको १ लाख २४ हजार ५६० रुपैयाँ बराबरको बिभिन्न खाद्य तथा किराना सामानहरु वेवारीसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बरामद गरिएको कवडा र खाद्यान्य सामग्री सहित ट्याक्टर जलेश्वर भन्सार कार्यालयमा बुझाइएको महोत्तरी प्रहरीले जनाएको छ ।
तस्बिर : सांकेतिक
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


