दाङ, ६ फागुन । नेपालजञ्जस्थित राष्ट्रिय बाणिज्य बैंकमा तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–९ बस्ने २६ वर्षीय सन्जु विक रहेको प्रहरीले जनाएको छ ।

बैंकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएको आरोपमा विकलाई पक्राउ गरिएको हो ।

बैंक तोडफोड गरी भागेको अवस्थामा खुकुरीसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।