एमसीसीमा सहमति नभए गठबन्धन टुट्छ : गगन थापा

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका छन् ।
शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए ।
उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन । तर यो विषयमा अब टुंगो गर्नुपर्छ ।‘
उनले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


