माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं, ६ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माओवादीले आगामी ८ र ९ फागुनमा बस्नेगरी पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।
यसअघि २८ माघमा बोलाइएको बैठक पनि स्थगित भएको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको हो । अर्को बैठक फागुन २० गतेका लागि निर्धारण भएको उनले जानकारी दिए ।
माओवादीले आठौं महाधिवेशनपछि एकपटक मात्र केन्द्रीय कमिटी बैठक बसेको छ । महाधिवेशन सकिएकै भोलिपल्ट बसेको सो बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेर स्थगित भएको थियो । त्यसयता तोकिएका बैठकहरू स्थगित हुँदै आएका छन् ।
माओवादीले अझै पदाधिकारी छान्न सकेको छैन् । पदाधिकारीमा आकांक्षी थपिएसँगै प्रचण्डलाई पार्टीभित्रको आन्तरिक भागवण्डा मिलाउन सकस परेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


