एमसीसी पारित गर्नुपर्छ : शशांक कोइराला

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले एमसीसी पारित गर्नुपर्ने बताएका छन् ।
उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उनले आफ्नो निर्णयहरू बारम्बार भनिरहेको पनि बताए ।
सांसद कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गरे ।
’शेरबहादुरजीको अघि दुई उपाय छन् । एउटा एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो । यो अप्सन उहाँले नै रोज्नुपर्ने हो । उहाँले कुन रोज्नुहुन्छ । एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म । गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ । दुई मध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।
उनले एमसीसीमा विभिन्न तरिकाले भ्रम छरिएको बताए । एमसीसी कार्यान्वयनमा गए अमेरिकी सेना आउँछ भनिएको भए तापनि कार्यान्वयन भएका देशमा त्यस्तो केही नभएको उनले बताए । उनले त्यसलाई आधारमा मानेर नेपालले पनि एमसीसी संसदबाट पारित गर्नुपर्ने तर्क गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


