काठमाडौं, ५ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ५७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ र २ हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ ।त्यस्तै, ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १६ हजार ६१६ जनासंक्रिय संक्रमित छन् । जसमध्ये १७ हजार ५८० जना होम आइसोलेसनमा र ६७१ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोना संक्रमितमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।