स्थानीय तहको निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता खुला

काठमाडौं, ५ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता खुला भएको छ ।
निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्न आह्वान गरेको हो ।
आयोगले जारी गरेको सूचना अनुसार बिहीबारदेखि फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।
दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


