काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसले बाँकी १६ जिल्लाको जिल्ला अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारिएको केन्द्रिय सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ ।