ओली, भट्टराई र अर्यालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, ५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र पद्मा अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक अनियमितताको उजुरी परेको छ ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले उनीहरुविरुद्ध उजुरी दिएको हो ।
अनेरास्ववियुको तर्फबाट बागमती प्रदेशका संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिइएको उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख गरिएको छ ।
त्यस्तै, भ्रमण वर्षको नाममा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले आर्थिक अनियमितता गरेको अनेरास्ववियुको दाबी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


