‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको छ ।
सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।
फागुन ३ गते बसेको आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो ।
धर्म निरपेक्षताको पक्षधरताका रूपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदको अन्त्य गरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताए । उनले धर्म निरपेक्षताका पक्षधर सबैलाई सो पार्टीमा समाहित हुन पनि आग्रह गरे ।
अध्यक्ष गहतराजले पार्टीले प्रारम्भमा वडा तहबाटै हुने गरेका धार्मिक विभेद अन्त्य गर्ने अभियानलाई संचालन गर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


