बाराबाट प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ

बारा, ५ फागुन । बाराबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० का ३१ वर्षीय अनुपन लामा र वडा नम्बर–१३ का ३१ वर्षीय विजय श्रेष्ठ छन् ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२२ थानिमाईस्थित भित्री सडकखण्डबाट बुधबार राति पौने १० बजे लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बा ३९ प ४५५४ नम्बरको मोटरसाइकलको सिटमुनि एयर फिल्टरमा लुकाएर राखिएको अवस्थामा लागूऔषध कोडीवेल एक सय एमएलको ११ पिस, ८ पत्ता नित्राजेपाम, नुफिन, फेनारगन र डाइजेपाम सुई पाँचरपाँच थान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


