सर्लाहीबाट लागूऔषधसहित एक युवक पक्राउ

सर्लाही, ५ फागुन । प्रहरीले सर्लाहीबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिपुर नगरपालिका–६ बस्ने २० वर्षीय रवीकुमार साह रहेका छन् ।
नेपाल–भारत सीमास्थित मलंगवा नगरपालिका–८ मा चेकजाँच गर्ने क्रममा साहलाई नाईट्रोभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ–रेक्स र एक बोटल डाईलक्स–डिसी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


