काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको बुधबार बसेको बैठक स्थगित भएको छ । अर्को बैठक फागुन ६ गते शुक्रबार दिनको १ बजे बस्ने सभामुख अग्नि सापकोटाले बताए ।

बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले आफ्नो सिटबाट उठेर रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।

आजको बैठकमा थारू आयोगको प्रतिवेदन पेस भएको छ । प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन मन्त्री दिलेन्द्र बडूले पेस गरेका हुन् । त्यस्तै, सभामुख सापकोटाले शोक प्रस्ताव पारित गर्दै आजको बैठक अन्त्य भएको घोषणा गरे ।