सिरहा, ४ फागुन । सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित १० जनालाई पक्राउ गरेको छ ।

एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामनारायण सिंह, मधेस प्रदेश संयोजक तथा जिल्ला सेक्रेटरी संजय सिंह, शम्भु साह, रन्जित साह, विष्णुलाल सिंह, रामकिशोर दास, विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला संयोजक राजु विक, उचित महरा, भक्तबहादुर कार्की, क.क्रान्ति रहेका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।