बन्दको क्रममा बुटवलबाट ९ जना पक्राउ

बुटवल, ४ फागुन । आज आह्वान गरिएको नेपाल बन्दको क्रममा ९ जना पक्राउ परेका छन् ।
एमसीसी खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय मोर्चाद्वारा आह्वान गरिएको बन्दको क्रममा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु (नाथु), नेकपा (क्रान्तिकारी माओवादी)का नेता प्रेम सुवेदीसहित ९ जनालाई पक्राउ गरेको छ ।
विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक,तुलराज विकलगायत नेता कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । एमसीसीको विरोध गर्दै नेकपासहितका पाँच दलीय मोर्चाले गरेको बन्दको प्रभाव रुपन्देही र आसपासका जिल्लामा आंशिकरुपमा परेको छ । बन्दका कारण निजी र सरकारी विद्यालयहरू बन्द छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


