सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडीमा तोडफोड

धनगढी, ४ फागुन । बन्दकर्ताहरूले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडीमा तोडफोड गरेका छन् ।
बुधबार बिहान बन्दकर्ताले ००१ झ ४०१ नम्बरको गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले ढुंगा प्रहार गर्दा गाडीको सिसा फुटेको छ ।
काठमाडौंबाट सुदूरपश्चिम प्रदेश आउँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको हो ।
एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका छन् ।
यस्तै, कैलालीमा बुधबार बिहान फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपाली सेनाको टोलीले प्रेसर कुकर बमजस्तो देखिने उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो ।
उक्त वस्तु बम नभएको पनि प्रहरीले जनाएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–३ स्थित धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


