आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी पेश नहुने

काठमाडौं, ४ फागुन । आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी पेश नहुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा आजको बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ ।एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने बताइएको छ ।
संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोडिने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


