राष्ट्रिय सहमतिविना एमसीसी पास हुन नसक्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिविना एमसीसी पास हुन नसक्ने निर्णय गरेको छ ।
संसदीय दलको बैठकमा गठबन्धनको परामर्श र छलफलविना एमसीसी संसदमा टेबुल हुन नसक्ने भन्दै यसबारे थप छलफल गर्नु पर्ने आवश्यकता रहेको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए ।
‘सत्तारुढ गठबन्धनको छलफल र सहमतिविना एमसीसी टेबुल हुन सक्दैन,’ संसदीय दलको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताए ।
सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रले एमसीसीको विरोध गरे पनि नेपाली कांग्रेसले यसलाई पारित गर्ने निर्णय गरिसकेको छ । आज बोलाइएको संसद बैठकमा नै एमसीसी टेबुल हुने सम्भावना बढेको छ ।
तर, माओवादी केन्द्रले एमसीसी टेबुल भएमा आफूहरुले विरोध गर्ने संसदीय दलको बैठकमा निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


