बुद्ध एयरले पोखराबाट जनकपुरधाम र धनगढीमा सिधा उडान भर्ने

जनकपुरधाम, ३ फागुन । बुद्ध एयरले पोखराबाट जनकपुरधाम र धनगढीमा सिधा उडान भर्न लागेको छ ।
मंगलबार एक सूचना जारी गर्दै कम्पनीले आगामी फागुन १७ अर्थात १ मार्च २०२२ देखि यी दुई रुटमा उडान भर्न लागेको जानकारी दिएको हो ।
पोखराबाट जनकपुरधामका लागि सोमबार, बिहीबार र शनिबार सिधा उडान हुनेछ भने पोखराबाट धनगढीका लागि आइतबार, बुधबार र शुक्रबार उडान हुने गरी तालिका तोकिएको छ ।
पोखराबाट साढे ११ बजे उड्ने जहाज धनगढीबाट भने १२ः४० मा पोखराका लागि उड्ने छ । बुद्धले अहिले पोखराबाट सिमरा, नेपालगञ्ज, भैरहवामा सिधा उडान गरिसकेको छ ।
पछिल्लो समय बुद्धले क्षेत्रीय उडानलाई प्राथमिकता दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


