एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री देउवाको भनाइ

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने विश्वास व्यक्त गरेका हुन् ।
देउवाले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताएका कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले संसदमा टेबुल भइसकेपछि सबै राजनीतिक दलले यो सम्झौताको पक्षमा अनुमोदन गर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


