बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई ३ बर्ष ६ महिना कैद सजाय

डोटी, ३ फागुन । बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोगमा उच्च अदालत दिपायलले अछामका २५ वर्षीय एक युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो ।
अछामकी एक महिलाले श्रीमानले बहुबिवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सो अभियोगमा जिल्ला अदालतले श्रीमानलाई धरौटीमा छाडेको थियो । त्यसपछि श्रीमानले आफूविरुद्ध मुद्धा गरेको आक्रोशमा ‘तेरो जिन्दगी बर्बाद बनाएर छाड्छु’ भन्दै शारीरिक र मानसिक यातना दिन सुरु गरेका पीडितको भनाइ छ । त्यसै क्रममा २०७७ असोज २३ गते सुतिरहेको अवस्थामा आफूलाई बलात्कार गरेको भन्दै महिलाले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् ।
जिल्ला अदालत अछाममा पीडितका साक्षीका रुपमा छिमेकीहरुले जबर्जस्ती करणी भएपछि गुहार मागेको भनी वयान दिएका थिए । तर युवकले भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


