जनकपुरबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

जनकपुरधाम, ३ फागुन । धनुषाबाट चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ मुसहरी टोल बस्ने २० वर्षीय सुमित मेस्तर र वडा नम्बर–४ बस्ने १९ वर्षीय सुजित कुमार महतो छन् ।
प्रहरीका अनुसार मेस्तरले माघ २८ गते रातीको समयमा स्थानीय एक निर्माणधीन घरबाट ज.१२ प. ०६ नम्बरको मोटरसाइकल, पानी तान्ने मोटर र कल समेत चोरी गरी फरार भएका थिए ।
त्यस्तै महतोलाई माघ २८ गते दिउँसो जिल्ला प्रशासन कार्यालय धनुषाको कार्यालय अगाडीबाट ज ८ प ६२२ नम्बरको मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।
दुबैजनामाथि चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


