सिरहाबाट २८ किलो गाँजासहित तीनजना पक्राउ

सिरहा, ३ फागुन । सिरहाको गोलबजारबाट प्रहरीले २८ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नम्बर–१ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी, वडा नम्बर–२ बस्ने २१ वर्षीय शत्रुधन साह र महेशपुरपतार गाउँपालिका वडा नम्बर–१ बस्ने ३२ वर्षीय दिपु साह रहेका छन् ।
सोमबार दिउँसो युवराजको घरमा लुकाई छिपाई गाँजा बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा उनीहरुलाई पक्राउ गरिएको थियो ।
सो क्रममा उनीहरुबाट २८ किलो गाँजा, तराजु, प्रदेश नं २–०१–००३ प. ५२१७ र स.५प.१०२० नं.को मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


