मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन १० गते बस्ने

जनकपुरधाम, ३ फागुन । मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन १० गते बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले फागुन १० गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेको हो ।
बैठकमा प्रदेश सरकारले प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत २६ माघमा बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो संकल्प प्रस्ताव पेस गरेका थिए ।
सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जयनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रिना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको संकल्प प्रस्तावमाथि आ–आफ्नो धारणा राखेका थिए ।
आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


