एमसीसी राष्ट्रको हितमा रहेको नेता महतको दावी

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमसीसी राष्ट्र हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताएका छन् ।
मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता महतले एमसीसीबारे गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोपसमेत लगाए ।
नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसर बढ्ने र पूर्वाधारको विकास हुने पनि बताए । उनले एमसीसीको बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसी नेपालको कानुनअनुसार सम्झौता गरिएको बताए ।
महतले बीआरआई र इण्डोप्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको पनि प्रस्ट पारे । उनले एमसीसी सहयोग कुनै पनि मुलुकको हितविपरीत नभएको दाबीसमेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


