पूर्वप्रहरी परिषद् कमल थापाले ब्यूँताएको राप्रपा नेपालमा समाहित हुने

काठमाडौं, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट पूर्वप्रहरीहरूको संगठन पूर्वप्रहरी परिषद् कमल थापाले ब्यूँताएको राप्रपा नेपालमा समाहित हुने भएको छ ।
पूर्वप्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विचारका सम्वाहक र प्रवद्र्धकलाई निषेध गरेर राप्रपा अघि बढ्न खोजेकोप्रति आपत्ति जनाउँदै यसले पार्टीको हित नहुने निष्कर्ष निकालेको हो ।
परिषद्ले सिंगो कार्य समिति र जिल्ला समितिहरु राप्रपा नेपालको नेतृत्व, विचार र संगठनमा आवद्ध हुने सर्वसम्मत निर्णय गरेको परिषदका महासचिव निराकारमान सिंह रेग्मीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


