संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २ फागुन । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी आज दिउँसो किस्ट मेडिकल कलेज शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो ।
गत माघ २५ मा छाती दुखेपछि जोशी अस्पताल भर्ना भएका थिए । स्वास्थ्य परीक्षण गर्दा उनमा मुटुको समस्याका साथै निमोनिया पनि देखिएको थियो ।
अस्पतालबाट डिस्चार्ज भए पनि घरमा केही दिन अक्सिजनकै सपोर्टमा राख्नुपर्ने अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


